घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २० –

फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणको अन्तिम खेलमा घानालाई १–० ले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको कन्सास सिटी रङ्गशालामा भएको खेलमा कोलम्बियाका जोन आरियासले १४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

समूह ‘के’ को विजेता बनेको कोलम्बियाले समूह ‘एल’ बाट उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट पुगेको घानालाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

यससँगै अन्तिम १६ को समीकरण पूरा भएको छ। अब प्रि–क्वाटरफाइनलमा क्यानडा–मोरक्को, पाराग्वे–फ्रान्स, अमेरिका–बेल्जियम, पोर्चुगल–स्पेन, ब्राजिल–नर्वे, मेक्सिको–इङ्ग्ल्यान्ड, अर्जेन्टिना–इजिप्ट तथा स्विट्जरल्यान्ड–कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल आज राति क्यानडा र मोरक्कोबीच हुनेछ।

भर्खरै

सम्बन्धित पोस्टहरुः