ठोरी नाकाबाट भारतीय गाडी प्रवेशमा रोक , भन्सार गरेर आउन सकिने : प्रजिअ दाहाल

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २० –

पर्साको ठोरी नाकाबाट नेपाल घुम्न आएका भारतीय पर्यटकलाई सीमाबाटै फर्काइएको भन्दै स्थानीय पर्यटन व्यवसायीहरूले विरोध जनाएका छन्। पर्यटन विकास समिति ठोरीका अध्यक्ष सुदिप थापाले ठोरी छोटी भन्सार कार्यालय लामो समयदेखि सञ्चालनमा नरहेको कारण सयौँ भारतीय पर्यटक नेपाल प्रवेश गर्न नपाएर भारत फर्किएको दाबी गरेका छन्।

थापाका अनुसार भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गरी केही किलोमिटर क्षेत्र घुमेर फर्कने पर्यटकलाई पनि प्रवेश नदिँदा ठोरीको पर्यटन व्यवसाय प्रभावित भएको छ। उनले यस अवस्थाले स्थानीय पर्यटन, रोजगारी र व्यवसायमा प्रत्यक्ष असर पर्ने बताएका छन्।

यता पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने भारतीय पर्यटकमाथि कुनै प्रतिबन्ध नलगाइएको स्पष्ट पारे। उनले नेपाल प्रवेश गर्न चाहने विदेशी नागरिकले प्रचलित कानुनअनुसार आवश्यक भन्सार तथा अध्यागमन प्रक्रिया पूरा गरेपछि नेपाल आउन कुनै रोकटोक नरहेको बताए।

प्रजिअ दाहालले कानुनी प्रक्रिया पूरा गरेर आउने सबैलाई नेपाल प्रवेशको अनुमति दिइने भन्दै पर्यटकलाई निर्धारित प्रक्रिया अपनाएर यात्रा गर्न आग्रह गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः