सरकारको १०० दिने कार्यसूची कार्यान्वयन नभएको कांग्रेसको निष्कर्ष

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २० –

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको निष्कर्ष निकालेको छ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले सरकारको १०० दिने कार्यप्रगतिलाई संसद्को प्रमुख एजेन्डा बनाउने निर्णय गरेको हो।

बैठकले सरकारका मन्त्रालयहरूको कार्यसम्पादनमाथि नियमित अनुगमन गर्दै संसद्मार्फत सरकारलाई थप जवाफदेही बनाउने निर्णय पनि गरेको कांग्रेसले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः