नेतृत्व विकास तालिम सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २० असार ।
लिडरसीप डेभलपमेन्ट इन्स्टिच्युट अफ नेपालद्वारा आयोजित पाँच दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ।
तालिम समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रममा विशेष अतिथि वीरगंज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतमले नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा व्यावसायिक क्षमताको अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने बताए । उनले सहभागीहरूलाई सिकेका सीप व्यवहारमा उतार्न आग्रह गरेका छन् ।
पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिममा करिब ४० जना सहभागी थिए । सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम आयोजक सुनीलले बताएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः