छानाबाट खसेर ५ वर्षीय बालक घाइते

1200x150_1200x150-01.jpg (1)

बारा, २० असार । बारा जिल्लाको परवानीपुर गाउँपालिका–३, लिपनिमालमा जस्ताको छानाबाट खसेर एक ५ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

स्थानीय साहेब हवारीका ५ वर्षीय छोरा आहिल हवारी बिहीवार साँझ करिब १८ः०० बजे घरको जस्ताको छानामा चढ्ने क्रममा चिप्लिएर तल खसेका थिए। दुर्घटनामा परी बालकको टाउको र शरीरका भित्री भागमा चोट लागेको छ।

घटनालगत्तै घाइते बालकलाई थप उपचारका लागि वीरगंज हेल्थ केयर अस्पताल पुर्याइएको थियो। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। बालकको उपचारमा उनकी आमा संलग्न रहेकी छन।

शुक्रवार बिहान करिब ०५ः३० बजे वीरगंज हेल्थ केयर अस्पतालमा कार्यरत प्रहरी कर्मचारीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, परवानिपुरबाट प्रहरी नायब निरीक्षक बलराज गिरीको कमाण्डमा प्रहरी टोली घटनास्थल र अस्पतालमा खटिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः