रक्सौल, २० असार । भारत, बिहारको रक्सौलमा प्रहरीले यौन धन्दा (सेक्स र्याकेट) को पर्दाफास गरेको छ।
रक्सौलका प्रहरी अधिकारी हेमन्त सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा रक्सौलस्थित कोइरिया टोला, वडा नं. २३ मा रहेको मनिष कुमार झाको घरमा छापा मारेको थियो। नगर परिषद कार्यालयको पछाडि रहेको उक्त घरमा लामो समयदेखि अवैध रूपमा यौन व्यवसाय सञ्चालन भइरहेको थियो।
यस कारबाहीमा प्रहरीले ५ जना महिला (जसमा एक नाबालिग समेत छिन) र ७ जना ग्राहकसहित अन्य व्यक्तिहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुजफ्फरपुरका राजीव रञ्जन र सतिश कुमार लगायत छन।
प्रहरी अधिकारी हेमन्त सिंहले यो अवैध धन्दा लामो समयदेखि चलिरहेको भए पनि प्रशासन यसबाट बेखबर रहेको बताएका छन। अहिले सबै पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानपछि जेल चलान गरिएको छ। यो रक्सौलमा भएको पहिलो ठूलो कारबाही मानिएको छ।






