वीरगंजमा सेन्ट्रिङ खोल्ने क्रममा दुर्घटना, एक मजदुरको मृत्यु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २१ –

पर्साको वीरगंज महानगरपालिका–१६ गहवामा निर्माणाधीन घरको सेन्ट्रिङ खोल्ने क्रममा भएको दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ।

प्राप्त जानकारीअनुसार सेन्ट्रिङ खोल्ने काम भइरहेका बेला अचानक माथिबाट सेन्ट्रिङको संरचना खस्दा एक मजदुर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतकको परिचय हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः