किशोरी आत्महत्या प्रकरणः एक किशोर पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २२ असार । बारा जिल्लाको कलैया उपमहानगरपालिका–२१ मा १३ वर्षीया किशोरीको आत्महत्या प्रकरणमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

असार १५ गते किशोरी गाउँ नजिकैको सार्वजनिक स्थानमा आफ्ना दुई जना चिनजानका युवकसँग कुरा गरिरहेकी बेला केही युवाहरूको समूह त्यहाँ पुगेको थियो। उक्त समूहले किशोरी र ती युवकहरूमाथि गालीगलौज, दुव्र्यवहार तथा कुटपिट गरेको आरोप छ।

प्रहरी अनुसन्धानका क्रममा घटनास्थलमा खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको र त्यसपछि पनि केही व्यक्तिहरूले किशोरीको घरमै पुगेर अभिभावकको उपस्थितिमा मानसिक दबाब सिर्जना गरेको खुलेको जनाएको छ। त्यसको भोलिपल्ट अर्थात असार १६ गते किशोरी आफ्नै घरमा मृत फेला परेकी थिइन।

घटनापछि मृतककी आमाले संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी दर्ता गराएकी थिइन। सोही उजुरी तथा प्रारम्भिक प्रमाणका आधारमा प्रहरीले एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका किशोरविरूद्ध जबरजस्ती करणी तथा आत्महत्या दुरूत्साहनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी बयान, डिजिटल प्रमाण तथा अन्य आवश्यक तथ्य सङ्कलनको काम भइरहेको र घटनामा संलग्न देखिएका अन्य व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइने प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः