वीरगंज, असार २३ —
एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी विस्तारका विषयमा छलफल गरेका छन्। भेटमा कान्डाले नेपाल अहिले निर्णायक मोडमा रहेको उल्लेख गर्दै थप गतिशील र उत्थानशील अर्थतन्त्र निर्माण गर्ने अवसर रहेको बताएका छन्।
एडीबीले नेपालसँगको सहकार्यलाई सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलरसम्म विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। भ्रमणका क्रममा एडीबीले १६ करोड ५० लाख अमेरिकी डलर बराबरका दुई ऋण सम्झौतामा हस्ताक्षर गरेको छ, जसमा खानेपानी तथा सरसफाइ र व्यापार सहजीकरण परियोजना समावेश छन्।







