रुख काट्ने क्रममा च्यापिएर एकजनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २३ असार ।
बारामा रूखको हाँगा काटने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ ।
असार २३ गते बिहान ८ः३० बजे रुख काट्ने क्रममा सुवर्ण गापा वडा नं. १ रामटोल बस्ने वर्ष ५५ को जोखन महरा हाँगाले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुवर्ण गा.पा.–२ सनफुलवामा वडा नं. ३ संतगज बस्ने शिवधारी पण्डितको जग्गामा रहेको पकडीको रूख वडा नं. ७ बस्ने बाबुलाल यादवले किनेर महरालाई रुख काट्ने जिम्मेदारी दिएका थिए ।
रूखको हागा काट्ने क्रममा जोखन महरालाई हाँगाले च्यापिएर घटनास्थलमै मृत्यु भएको समाचारपछि इलाका प्रहरी कार्यालय कबहीगोठबाट प्रहरी टोली खटेको थियो । जि.प्र.का. बाराबाट प्र.नि. विमल खतिवडाको कमाण्डमा सोकोसहितको टोलीले मुचुल्का कार्य सम्पन्न गरी मृतक लाश पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः