घूससहित वन कार्यालय प्रमुख अख्तियारको नियन्त्रणमा

1200x150_1200x150-01.jpg (1)

बर्दिवास, असार २५ —

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले घूस लिएको आरोपमा सबडिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ।

आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठको रुजू गरी आवश्यक कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १२ हजार रुपैयाँ घूस मागेको सूचनाका आधारमा निगरानी गरिएको थियो। सोही क्रममा घूस लिइरहेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको हो।

पक्राउका बेला यादवसँग घूसबापत लिएको १२ हजार रुपैयाँसहित स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ नगद, एक थान मोबाइल गरी कुल १ लाख ४५ हजार १२० रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ।

यादवलाई सिराहाको कर्जन्हा नगरपालिका–४ स्थित महेन्द्र राजमार्ग क्षेत्रमा पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सम्बन्धित पोस्टहरुः