स्पेन र बेल्जियमबीच क्वाटरफाइनलमा कडा भिडन्त

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २६ —

सह–आयोजक अमेरिकालाई ४–१ ले हराउँदै क्वाटरफाइनल पुगेको बेल्जियमले फिफा विश्वकप २०२६ को अन्तिम आठमा आज युरोपेली च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।

स्पेन लगातार उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको प्रमुख दाबेदार बनेको छ। टोलीले यस विश्वकपमा लगातार छ खेलसम्म गोल नखाई कीर्तिमान बनाएको छ। अन्तिम–१६ मा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेन क्वाटरफाइनल पुगेको हो।

बेल्जियमले भने अन्तिम–१६ मा अमेरिकालाई ४–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो। गोलकिपर थिबाउट कोर्टुवाले स्पेनलाई हराउने आत्मविश्वास व्यक्त गर्दै आफ्नो टोलीसँग ठूलो उपलब्धि हासिल गर्ने क्षमता रहेको बताएका छन्।

स्पेनका युवा स्टार लामिन यामालबाट पनि टोलीले ठूलो अपेक्षा गरेको छ। यद्यपि उनले हालसम्म एक गोल मात्र गरेका छन्, तर प्रशिक्षक र टोलीले उनको प्रभावशाली खेलको प्रशंसा गरेका छन्।

अप्टा सुपरकम्प्युटरले स्पेनको जित्ने सम्भावना ५९.३ प्रतिशत, बेल्जियमको १८.३ प्रतिशत तथा खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २२.४ प्रतिशत रहेको अनुमान गरेको छ।

यस खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित पोस्टहरुः