देवाहीगोनाहीमा एकै रात दुई घरमा चोरी

1200x150_1200x150-01.jpg (1)

रौतहट, २६ असार ।
देवाही गोनाही नगरपालिका वडा नं. ७ मा बिहिवार दुई घरमा चोरी भएको छ । चोरहरुले दुई घरबाट नगद, गरगहना तथा अन्य बहुमूल्य सामान चोरी गरेका छन् ।


पुरन राय यादवको घरबाट करिब ६ लाख रुपियाँ बराबरका सुनचाँदीका गरगहना, लत्ताकपडा तथा अन्य सामग्री चोरी भएको जनाइएको छ। त्यसपछि चोरहरूले घरबाट करिब ३०० मिटर पूर्वतर्फ रहेको लुलिमाई देवस्थान नजिकको रूखमुनि चोरीका सामान छुट्याएको र काम नलाग्ने केही पुराना सामग्री त्यही फालेर फरार भएको स्थानीयले बताएका छन।


दिलीप राय यादवको घरबाट पनि गरगहना, लत्ताकपडा तथा नगद रकम चोरी भएको बताइएको छ। चोरहरूले घरबाट करिब ४०० मिटर पूर्व रहेको नहरको डिलमा चोरीका सामान बाँडफाँट गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।


घटनाको जानकारी पाएलगत्तै स्थानीयले इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण तथा आवश्यक अनुसन्धान शुरू गरेको जनाएको छ।


पछिल्लो समय देवाही गोनाही क्षेत्रमा चोरीका घटनाहरू बढ्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ।

सम्बन्धित पोस्टहरुः