पत्रकारलाई गाली गर्ने मिश्रविरूद्ध कारबाहीको माग

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २६ असार।
सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकारहरूलाई लक्षित गर्दै गालीगलौज गरेको भिडियो सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ पर्साले गम्भीर आपत्ति जनाएको छ।
आदर्श मिश्रले दिएको अभिव्यक्तिले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथिको आक्रमणको रूपमा व्याख्या गर्दै कानुनी कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतोको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक कानुनी कारबाहीको माग गर्दै लिखित निवेदन बुझाएको हो।
महासंघले दिएको निवेदनमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमार्फत पत्रकार समुदायलाई अपमानित गर्ने, गालीगलौज गर्ने तथा पत्रकारिताप्रति नकारात्मक र अमर्यादित टिप्पणी गरिएको उल्लेख गर्दै यस्ता गतिविधिले स्वतन्त्र प्रेसको सम्मानमा गम्भीर चोट पु–याएको जनाएको छ।
महासंघले कानुनी शासन भएको मुलुकमा कुनै पनि व्यक्ति वा समूहले अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको प्रतिष्ठामा आँच पुग्ने, गालीगलौज गर्ने वा सामाजिक सद्भाव खल्बल्याउने गतिविधि गर्न नपाउने उल्लेख गर्दै सम्बन्धीत व्यक्तिमाथि प्रचलित कानुनबमोजिम शीघ्र कारबाही गर्न माग गरेको छ।

सम्बन्धित पोस्टहरुः