पर्सा, असार २७ —
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (ए.आई.)बीच शुक्रबार ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा नेपाल–अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलमा स्वच्छ ऊर्जा विकास, जलविद्युत् उत्पादन, विद्युत् प्रसारण पूर्वाधार विस्तार, ऊर्जा सुरक्षा, निजी तथा वैदेशिक लगानी प्रवर्द्धन, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिका विषयमा विचार आदानप्रदान भएको थियो।
दुवै पक्षले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयका अनुसार यस भेटवार्ताले नेपाल–अमेरिका ऊर्जा साझेदारीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।







