विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका काम्पाजलाई ज्यान मार्ने धम्की

1200x150_1200x150-01.jpg (1)

पर्सा , असार २७ —

फिफा विश्वकप २०२६ बाट कोलम्बिया बाहिरिएपछि टोलीका फरवार्ड जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की आएको छ। घटनापछि कोलम्बियाली फुटबल महासंघ (एफसीएफ)ले कडा निन्दा गर्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेको छ।

स्विट्जरल्यान्डसँग अन्तिम–१६ को खेलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि कोलम्बियाको विश्वकप यात्रा समाप्त भएको थियो। अतिरिक्त समयमा काम्पाजले पाएको महत्त्वपूर्ण गोल गर्ने अवसर गुमाएका थिए।

घटनापछि सामाजिक सञ्जालमा उनले सम्मान र संयमताको अपिल गर्दै हारका कारण कसैलाई घृणा वा धम्की दिन नहुने बताएका छन्।

महासंघले महान्यायाधिवक्ताको कार्यालयलाई घटनाको छानबिन गरी धम्की दिने व्यक्तिहरूको पहिचान गरेर कानुनी कारबाही गर्न आग्रह गरेको छ। साथै फुटबल एकता, सम्मान र आशाको खेल भएकाले हारलाई हिंसा र घृणाको कारण बनाउन नहुने जनाएको छ।

सम्बन्धित पोस्टहरुः