सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था गम्भीर

1200x150_1200x150-01.jpg (1)

पर्सा, असार २६ —

सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आत्मदाह प्रयास गरेपछि उनको अवस्था गम्भीर बनेको छ। शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग गहिरोसँग जलेको छ र स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक छ।

प्राप्त जानकारीअनुसार मण्डलले शुक्रबार घरबाट करिब २०० मिटर टाढा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यसअघि त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।

सम्बन्धित पोस्टहरुः