हेलिकप्टरबाट पुष्पवर्षासहित गहवामाईको चौथो विशाल रथ यात्रा हुने

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २७ —

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले आगामी असार ३२ गते हुने चौथो विशाल गहवा माई रथ यात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्ष रथ यात्रा मार्गभर हेलिकप्टरबाट पुष्पवर्षा गरिने विशेष व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समितिले असार ३२ गते बिहान ७:३० बजे मन्दिर परिसरबाट विधिवत् पूजा–अर्चनापछि रथ यात्रा सुरु हुने जनाएको छ। साँझ भजन सन्ध्या तथा श्रावण १ गते ५६ भोग पूजा र विशाल महाप्रसाद भण्डाराको कार्यक्रम पनि तय गरिएको छ।

लाखौँ श्रद्धालुको सहभागिता हुने अपेक्षा गरिएको रथ यात्रालाई व्यवस्थित बनाउन सुरक्षा, यातायात तथा सडक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको समितिले जनाएको छ। रथ यात्रा अवधिभर सडक विस्तारका काम स्थगित गर्न सडक डिभिजन कार्यालयलाई अनुरोधसमेत गरिएको छ।

समितिले वीरगंजका सबै सामाजिक, धार्मिक, व्यावसायिक तथा नागरिक समाजलाई रथ यात्रामा सहभागी भई धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश फैलाउन आग्रह गरेको छ।

सम्बन्धित पोस्टहरुः