वीरगंज , असार २७ —
कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापासहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाढीका कारण होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी डुबानमा परेपछि उनीहरू त्यहाँ पुगेका थिए। सोही क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अन्सारीले प्रहरीले आफूहरूलाई कुटपिट र दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको आरोप लगाएका छन्। उनका अनुसार पक्राउ गर्ने क्रममा उनको नाकबाट रगतसमेत बगेको थियो।
प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई हाल कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।






