वीरगंज हेल्थ केयरमा अत्याधुनिक रक्त परीक्षण मेसिन सञ्चालन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २८ —

पर्साको बहुअरीस्थित वीरगंज हेल्थ केयरले रक्त परीक्षण सेवालाई थप आधुनिक र प्रभावकारी बनाउन अत्याधुनिक सिमेन्स एडभान्स इन्टिग्रेटेड मेसिन सञ्चालनमा ल्याएको छ।

अस्पतालका अनुसार नयाँ मेसिनमार्फत विभिन्न प्रकारका रक्त परीक्षणका साथै क्यान्सरसँग सम्बन्धित केही विशेष परीक्षण पनि छिटो, सहज र विश्वसनीय रूपमा गर्न सकिनेछ।

मेसिनको उद्घाटनपछि वीरगंजका वरिष्ठ उद्योगपति बाबुलाल चाचन, मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत तथा वरिष्ठ पत्रकार जगदीश शर्माले रक्त परीक्षण गराएका थिए।

अस्पतालका निर्देशक डा. अबुल हैसले नयाँ प्रविधिको प्रयोगसँगै सेवाग्राहीले कम शुल्कमा छिटो र भरपर्दो परीक्षण सेवा पाउने बताए। यसअघि अन्यत्र गर्नुपर्ने केही परीक्षण अब यहीँबाट उपलब्ध हुने उनको भनाइ छ।

अस्पतालले आगामी दिनमा थप आधुनिक प्रविधि भित्र्याउँदै गुणस्तरीय र बिरामीमैत्री स्वास्थ्य सेवा विस्तार गर्ने जनाएको छ।

सम्बन्धित पोस्टहरुः