अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २८ —

अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो।

सहकर्मी दीपकराज गिरीका अनुसार दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उनलाई आईसीयूबाट सामान्य वार्डमा सारिएको छ भने करिब एक सातापछि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ।

दुई साताअघि दीपाश्रीमा ब्रेन ट्युमर देखिएपछि शल्यक्रिया गरिएको थियो।

सम्बन्धित पोस्टहरुः