वीरगंज , असार २८ —
राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दाबी गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवास पुर्याइएपछि आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार जुन प्रक्रियाबाट बनेको हो, त्यही प्रक्रियाबाट बाहिरिने टिप्पणी गरे।
प्रसाईँले राज्यले आफूलाई नियोजित रूपमा फसाउन खोजेको आरोप लगाउँदै वर्तमान व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गरे। उनले गणेश नेपालीको आत्मदाह घटनालाई उल्लेख गर्दै नागरिक निराश बनेको दाबी गरे।
उनले नागरिकले सम्मानपूर्वक रोजगारी र व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्नु नै आफ्नो मुख्य माग रहेको बताए।







