जनकपुर, असार २८ —
प्रमुख प्रतिपक्षी दलको अवरोध हटेपछि मधेश प्रदेश सरकारले विनियोजन विधेयक–२०८३ प्रदेशसभामा प्रस्तुत गरेको छ।
जसपा नेपाल र जनमत पार्टीले बजेटबारे सदन अवरुद्ध गरेपछि रोकिएको विधेयक विवाद समाधानका लागि कार्यदल गठन भएपछि अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेका हुन्।
प्रदेशसभाको अर्को बैठक असार ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।







