सिरहा, असार २८ —
सिरहाको गोलबजार नगरपालिका–७ मा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय सैफुल शेख, १० वर्षीया रुविना खातुन र १२ वर्षीया सवनम खातुन रहेका छन्।
वर्षाका कारण पशु बजार नजिक बनेको पानी जमेको खाल्डोमा नुहाउने क्रममा उनीहरू डुबेका हुन्। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो।
स्थानीयले पाँच जना डुबेको बताएका छन्। यद्यपि प्रहरीले हालसम्म तीन जनाको मृत्यु पुष्टि गरेको छ भने अन्यको खोजी जारी रहेको जनाएको छ।






