खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

1200x150_1200x150-01.jpg (1)

तेहरान – इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ ।

गत फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उहाँका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसैसाता सम्पन्न अन्त्येष्टिपछि जारी आफ्नो पहिलो सन्देशमा मोजताबाले भन्नुभयो, “बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ । उहाँले सूचीमा रहेका व्यक्तिले आफ्नो ओछ्यानमै शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने चेतावनी दिनुभएको छ ।

तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित ‘हमशहरी’ पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोजताबाको उक्त भनाइसँगै १३ विदेशी नेताको तस्बिर समावेश गरिएको ‘इन्फोग्राफिक’ सार्वजनिक गरेको हो ।

यद्यपि, सर्वोच्च नेताको सन्देशमा लक्षित व्यक्तिको सूची तयार गरिएको उल्लेख भए पनि कुनै नाम सार्वजनिक गरिएको थिएन । पत्रिकाले सार्वजनिक गरेको सूचीलाई इरानी सरकार वा अन्य आधिकारिक निकायले अनुमोदन गरेको सङ्केत पनि छैन । उक्त सूची पत्रिकाको आइतबारको मुद्रित संस्करणमा समावेश गरिएको छैन ।

‘इन्फोग्राफिक’मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी तथा जर्मनीका चान्सलर फ्रेडरिक मर्जलगायतका नेता समावेश छन् ।

युद्धका क्रममा इरानले युरोपेली मुलुकले आफ्नो भूमिमाथि भएका आक्रमणको निन्दा नगरेको तथा अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएर आक्रमणमा सहयोग पु¥याएको आरोप लगाउँदै आएको छ ।

समाचारका अनुसार मोजताबा खामेनी युद्ध सुरु भएयता सार्वजनिक रूपमा देखा पर्नुभएको छैन । उहाँका पिता मारिएको आक्रमणमा उहाँ पनि घाइते हुनुभएको बताइएको छ ।
[20:09, 12/07/2026] Sanjay Sah: इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार
नयाँदिल्ली, २८ असार (रासस/एएफपी):
इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता रहेको भारतले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ‘जीएफएस ग्यालेक्सी’ नामक व्यावसायिक जहाजमाथि आइतबार बिहान ओमानको तट नजिक आक्रमण भएको थियो । घटनापछि खोज तथा उद्धार अभियान जारी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जहाजमा रहेका ११ भारतीय नागरिकमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एकजनाको अवस्था अझै अज्ञात छ ।

अमेरिकी सेन्ट्रल कमान्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ ।

बेलायती सामुद्रिक सुरक्षा निकाय ‘युकेएमटीओ’का अनुसार चालक दलका सदस्यले जहाज छोडेर लाइफबोटमा आश्रय लिएका थिए । उक्त घटना ओमानको तटबाट करिब १७ किलोमिटर पूर्वमा भएको बताइएको छ ।

यो घटना अमेरिकाको पछिल्लो सैन्य कारबाहीको प्रत्युत्तरस्वरूप इरानले होर्मुज जलसन्धि बन्द गर्ने घोषणा गरेको तथा खाडी क्षेत्रका विभिन्न स्थानतर्फ क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखिरहेका बेला भएको हो ।

भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।

मन्त्रालयले अन्तरराष्ट्रिय कानुनअनुसार क्षेत्रका अन्तरराष्ट्रिय जलमार्गमा स्वतन्त्र र निर्वाध आवागमन यथाशीघ्र पुनःस्थापना हुनुपर्नेमा जोड दिएको छ ।

इरान र अमेरिकाबीचको पछिल्लो तनावले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको अन्तरिम समझदारीलाई थप सङ्कटमा पारेको छ ।

सम्बन्धित पोस्टहरुः