नेशनल मेडिकल कलेजमा बीएस्सी नर्सिङ १४औँ ब्याचका विद्यार्थीलाई बिदाइ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २९ —

नेशनल मेडिकल कलेज, वीरगंजमा बीएस्सी नर्सिङ १४औँ ब्याचका विद्यार्थीहरूको सम्मानमा भव्य बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

नर्सिङ निर्देशक प्रा. गंगा गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक शाहनवाज अन्सारी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्रिन्सिपल प्रा. डा. के.एन. सिंह, अस्पताल निर्देशक डा. इशरत जहान, भाइस–प्रिन्सिपल प्रा. डा. बबिता सिंहलगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय गान र दीप प्रज्वलनबाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य, सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य तथा विद्यार्थीलाई खादा र मायाको चिनो प्रदान गरिएको थियो। विद्यार्थीहरूले नृत्य तथा विशेष भिडियो प्रस्तुति मार्फत कलेजका अविस्मरणीय क्षणहरू स्मरण गरेका थिए।

केक काट्ने, जलपान तथा सामूहिक फोटोसहित सम्पन्न कार्यक्रममा स्नातक विद्यार्थीहरूको उज्ज्वल व्यावसायिक भविष्यको कामना व्यक्त गरिएको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः