सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २९ —

प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढ गर्न, गम्भीर जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था मिलाउन तथा संघ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्न आग्रह गरे।

प्रधानमन्त्री शाहले स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोग, अस्पतालको सरसफाइ, सुशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिन निर्देशन दिँदै निजी अस्पतालले ओपीडी सेवाको कम्तीमा १० प्रतिशत सेवा विपन्न तथा असहाय नागरिकलाई सहुलियतमा उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि जोड दिए।

छलफलमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा विस्तार, डिजिटल प्रणाली, पूर्वाधार विकास तथा अस्पतालको जग्गा अतिक्रमणलगायत विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

भर्खरै

सम्बन्धित पोस्टहरुः