सेयर बजारको गिरावटविरुद्ध धितोपत्र बोर्डमा लगानीकर्ताको प्रदर्शन

1200x150_1200x150-01.jpg (1)

पर्सा, असार ३० —

नेपाली सेयर बजार निरन्तर ओरालो लागेपछि आक्रोशित लगानीकर्ताहरूले सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) परिसरमा पुगेर विरोध प्रदर्शन गरेका छन्।

बजारमा लगातार गिरावट, नियामक निकायको निष्क्रियता तथा लगानीकर्ताको हित संरक्षणमा प्रभावकारी कदम नचालिएको आरोप लगाउँदै उनीहरूले धितोपत्र बोर्ड घेराउ गरेका हुन्।

प्रदर्शनकारीहरूले सेयर बजार स्थिर बनाउन तत्काल प्रभावकारी नीति ल्याउन, लगानीकर्ताको विश्वास कायम गर्न तथा नियामक निकायले जिम्मेवार भूमिका निर्वाह गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा धितोपत्र बोर्ड परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

लगानीकर्ताहरूले सरकार र धितोपत्र बोर्डले समयमै ठोस निर्णय नलिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

सम्बन्धित पोस्टहरुः