१४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा पठाउन निर्देशन

1200x150_1200x150-01.jpg (1)

काठमाडौँ, ३० असारः नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ ।

इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरुबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार ६० तोकेको छ । निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७ दशमलव १ किलो) ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो ।

सम्बन्धित पोस्टहरुः