पूर्व मधेस प्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी ठहर

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ३१ —

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनीविरुद्धको अभियोग पुष्टि गर्दै दोषी ठहर गरेको हो।

अदालतले दोषी ठहर गरे पनि सजाय भने तत्काल निर्धारण गरेको छैन।
अदालतले सजाय निर्धारणका लागि असार ३२ गते पेसी तोकेको छ। सो दिन अपराधको प्रकृति, उपलब्ध प्रमाण तथा कानुनी व्यवस्थाका आधारमा कैद र जरिवानासम्बन्धी अन्तिम फैसला सुनाइनेछ।

पूर्व उच्चपदस्थ व्यक्तिलाई अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि उक्त फैसला राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक चर्चाको विषय बनेको छ। अदालतले सजाय निर्धारण गरेपछि मात्रै यस मुद्दाको अन्तिम कानुनी टुंगो लाग्नेछ।

सम्बन्धित पोस्टहरुः