गहवामाईको रथयात्रा आज बिहान ७:३० बजेबाट निस्किदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज, साउन ३२ —

जनआस्था र श्रद्धाको केन्द्र श्री वीरगंजस्थित गहवामाई मन्दिरको चौथो विशाल रथयात्रा आज बिहान ७:३० बजे मन्दिर परिसरबाट विधिवत् पूजा–अर्चनापछि सुरु हुँदैछ।

श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिका अनुसार रथयात्रामा यस वर्ष लाखौँ श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। रथयात्राको विशेष आकर्षणका रूपमा मार्गभर हेलिकप्टरमार्फत पुष्पवर्षा गरिने व्यवस्था गरिएको छ।

समितिले सम्पूर्ण श्रद्धालु भक्तजनलाई रथयात्रामा सहभागी भई धार्मिक आस्था, सामाजिक सद्भाव र वीरगञ्जको सांस्कृतिक गौरवलाई थप उचाइमा पुर्‍याउन आग्रह गरेको छ। साथै रथमार्गका स्थानीयवासीलाई माताको स्वागतका लागि घर तथा व्यवसायिक प्रतिष्ठान सजाउन र भक्तजनका लागि खानेपानी तथा सेवामूलक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

सम्बन्धित पोस्टहरुः