पर्सा , साउन ३२ —
जेनजी अभियन्ता माजिद अन्सारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट बुधबार डिस्चार्ज भएका छन्।
उपचार पूरा भएपछि उनी अस्पतालबाट रिहा भएका हुन्।
अन्सारीले गत असार २७ गते कीर्तिपुरमा भएको प्रदर्शनका क्रममा १०–१२ जना प्रहरीको समूहले आफूलाई लछारपछार गर्दै कुटपिट गरेको आरोप लगाएका छन्। उक्त घटनामा गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्थामा सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो। प्रहरीले पक्राउ गरेपछि अस्पतालमा उपचाररत रहेका अन्सारीको रिहाइसँगै उक्त घटनाबारे थप बहस र चासो बढेको छ।







