वीरगंजका विभिन्न क्षेत्रमा २४ घण्टादेखि विद्युत अवरुद्ध

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ३२ —

वीरगंज महानगरपालिका–२ छपकैया, वडा नं. १६ नगवालगायत सहरका विभिन्न क्षेत्रमा हिजो दिउँसोदेखि विद्युत आपूर्ति अवरुद्ध हुँदा स्थानीयको जनजीवन प्रभावित भएको छ।

विद्युत आपूर्ति बन्द भएपछि खानेपानी वितरणसमेत प्रभावित भएको छ। मोटर सञ्चालन हुन नसक्दा अधिकांश घरमा पानीको अभाव भएको स्थानीयले गुनासो गरेका छन्। लामो समयसम्म विद्युत नआउँदा दैनिक घरायसी कामकाज, व्यवसाय तथा अन्य अत्यावश्यक सेवासमेत प्रभावित बनेका छन्।

स्थानीयवासीले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि विद्युत आपूर्ति अझै नियमित हुन नसकेको बताएका छन्। उनीहरूले विद्युत सेवा तत्काल सुचारु गरी खानेपानीको समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण वीरगंजसँग माग गरेका छन्।

यसैबीच छपकैयामा वीरगंंजका कार्यवाहक मेयर इम्तियाज आलमले पदको दुरुपयोग गरि महानगरको दमकलबाट आफ्नो घरमा पानी लगेको भन्दै स्थानीयले विरोध गरेका छन । गएराती आलमले आफ्नो घरमा महानगको दमकलबाट पानी आपूर्ति गएको भन्दै स्थानीयके कडा बिरोध जनाएका हुन ।

उनीहरुले सम्बन्धित निकायमा पहल गर्नुभन्दा आफ्नो बन्दोबस्तमा आलम लागेको आरोप समेत लगाएका हुन ।

सम्बन्धित पोस्टहरुः