search

गुलरिया सीमाबाट हततियारसहित एकजना भारतीय नागरिक पक्राउ

पढ्न छुटाउनुभयो ?

बारा, १८ पुस । सशस्त्र प्रहरीले बाराको पचरौता नगरपालिका ४ गुलरिया सीमा क्षेत्रबाट एक जना भारतीयलाई पेस्तोलसहित पक्राउ गरेको छ । भारतको पूर्वी चम्पारण मोतिहारी घर बताउने ४० वर्षीय चन्दन कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले उक्त पेस्तोल र ७ राउन्ड गोलिसहित नियन्त्रणमा लिएको जनाएको छ । भारतबाट नेपालतर्पm आउँदैगरेका उनलाई शंकास्पद अवस्थामा देखेपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आरएफआइको एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होसटाईलभित्र राखेको ४ राउण्ड गोली फेला पारेको हो । उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपियाँँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाईल सेट समेत बरामद भएको सशस्त्र प्रहरीका नायव उपरीक्षक शैलेन्द्र थापाले बताए । पक्राउ परेका कुमारलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारबाईको लागि इलाका प्रहरी कार्यालय सिमरौनगढ बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads