वीरगंज, ४ असार ।
बारा जिल्लाको सुवर्ण गा.पा. ७ चौरहियास्थित मामाघर आएका एकजना बालिकाको डुबेर मृत्यु भएको छ ।
महागढिमाई न.पा.९ बलुवा बस्ने राजिन्द्र महतोको छोरी १८ महिनाकी लालु कुमारी महतो मामाघरको पछाडी बस्ने ताराचन्द साहको धान खेत बालीमा जमेको पानीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी चौकी बड्की फूलवरिया, बाराले जनाएको छ ।
जि.प्र.का.बाराबाट प्र.नि. बिमल खतिवडा, प्र.स.नि. रामबिध्या साहसहितको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ ।







