पर्सा , साउन – ५
काठमाडौंको कीर्तिपुर नगरपालिका–स्थित ट्याङ्लाफाँटमा मंगलबार बिहान चलिरहेको निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
चाँदनीचोक नजिक बा ५ च ३०३८ नम्बरको कारमा एक्कासि आगो लागेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले उनी गाडीभित्रै जलेको अवस्थामा मृत फेला परेका हुन्। चालक सिट बेल्ट बाँधेकै अवस्थामा रहेको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन बाँकी रहेको छ भने घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।






