वीरगंज, ५ साउन ।
बारामा मिनी ट्रक अनियन्त्रित भई घरमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
दुर्घटनामा जितपुर सिमरा उप–महानगरपालिका ८ ईमली प्रती बस्ने वर्ष ५० को देव नारायण चौधरी र वर्ष ४० को शिवनारायण पासवान घाइते भए । गम्भीर घाइते पासवानको उपचारको क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
साउन ५ गते बिहान जिल्ला बारा कलैया उ.म.न.पा.–४ गुप्ता पेट्रोल पम्पमा बा १ क ४८३६ नं.को टाटा मिनी ट्रक अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको सुरेश साह कानुको घरमा ठोक्किएको थियो ।
घाइते भएकोहरुलाई अस्थायी प्रहरी पोष्ट बसपार्क बाराले उद्धार गरी प्रादेशिक अस्पताल कलैया बारामा पठाएको थियो ।
प्र.स.नि. रमेश राय चनउको कमाण्डमा २ जना र प्र.नि. हुमानन्द खनालको कमाण्डमा ट्राफिक सहितको टोलीले चालक रौतहट, गुजरा न.पा.९ सिमरा भवानीपुर बस्ने वर्ष २७ को राजु कुमार चौधरीलाई नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाएको छ ।
ठक्करबाट मिनी ट्रक अगाडीको भागमा क्षति भएको छ भने घरको एक साइडको पर्खाल भत्किएको बारा प्रहरीले जनाएको छ ।






