वीरगंज, ५ साउन ।
११ हजार भोल्ट करेन्ट लागेर एकजना बालिका घाइते भएकी छन् ।
आज बिहान ९ बजे जाकिर अन्सारीको छोरी वर्ष १३ कि सोनी खातुन ११ हजार भोल्टको करेन्ट लागेको थियो । पर्सागढी नगरपालिका वार्ड नम्बर ४ टोल बरवाटारीस्थित मामाघरमा बस्दै आइरहेकी बालिकालाई घरको छतमाथि जाने क्रममा ११ हजार भोल्टले करेन्ट लागेको थियो।
बीरगंज महानगरपालिका वडा नम्बर २९, रतनपुर घर भई मामाघर आएका खातुनलाई करेन्ट लागेर गम्भीर भएपछि उपचारको लागि वीरगंजस्थित नारायणी हस्पिटल लगिएको र त्यहाँबाट नेशनल मेडिकल कलेज र त्यसपछि थप उपचारको लागि उनलाई काठमाडौं लगिएको छ ।
विद्युत प्राधिकरण सिमरालाई छतमाथि ११ हजार भोल्ट तार रहेको गुनासो उनको हजुरबुबाले पटकपटक गुनासो गरेका थिए तर विद्युत प्राधिकरणले तारलाई व्यवस्थित नगरिदिँदा आज यस्तो घटना भएको आरोप छ।







