प्रहरी निरीक्षक विशाल मल्ल ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषित

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम, साउन ७

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले इलाका प्रहरी कार्यालय महेशपुरपतार, सिरहामा कार्यरत प्रहरी निरीक्षक विशाल मल्ललाई २०८३ साल असार महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेको छ।

प्रहरी निरीक्षक मल्लले शान्ति–सुरक्षा कायम, अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उक्त सम्मान प्राप्त गरेका हुन्।

उनको नेतृत्वमा सिरहाको चर्चित आनन्दीदेवी सदाय हत्या प्रकरणको सफल अनुसन्धान तथा अभियुक्त पक्राउ गरिएको थियो। साथै १८ वर्ष र ७ वर्ष पुराना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न पनि प्रहरीले सफलता हासिल गरेको थियो।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै उनको व्यावसायिकता, नेतृत्व क्षमता र सेवाप्रतिको समर्पणको प्रशंसा गरेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन र व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक महिना ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ कार्यक्रमअन्तर्गत सम्मान प्रदान गरिँदै आएको छ।

सम्बन्धित पोस्टहरुः