सप्तरीमा तीन गाडीबाट ३ हजार ३३२ किलो गाँजा बरामद

1200x150_1200x150-01.jpg (1)

राजविराज, साउन ७

सप्तरी प्रहरीले तीनवटा स्कारपियो गाडीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। बुधबार मध्यराति तिलाठी कोइलाडी गाउँपालिका–५ क्षेत्रमा गरिएको विशेष अभियानका क्रममा प्रहरीले ३ हजार ३३२ किलो ४६० ग्राम गाँजा बरामद गरेको हो।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शम्भुप्रसाद ढकालका अनुसार बा.प्र.०१–०२५ च ०४३६, प्र १–०४–००१ च १५०७ र बा.प्र.०१–०२९ च ९५८६ नम्बरका स्कारपियो गाडीबाट गाँजा बरामद गरिएको हो।

प्रहरीका अनुसार मधेश प्रदेशभर लागुऔषध नियन्त्रण तथा तस्करीविरुद्ध विशेष अभियानलाई आक्रामक रूपमा सञ्चालन गरिएको छ। यसअघि बुधबार मात्रै सिरहाबाट ६५३ किलो गाँजा बरामद गरिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः