स्टन्ट भिडियोपछि सांसद बब्लु गुप्तालाई ट्राफिक कारबाही

1200x150_1200x150-01.jpg (1)

लहान, साउन ८

मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

ट्राफिक प्रहरी कार्यालय सिरहाले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै पूर्वमन्त्रीसमेत रहेका गुप्तासँग ५०० रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ।

भिडियो भाइरल भएपछि सांसद गुप्ताले आफ्नो व्यवहारप्रति क्षमायाचना गर्दै कानुनी कारबाही स्वीकार गर्ने बताएका थिए।

यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र ट्राफिक नियम उल्लङ्घन गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईमाथि पनि ट्राफिक प्रहरीले कारबाही गरेको थियो।

सम्बन्धित पोस्टहरुः