शिशुको डाइपरमा ब्राउन सुगर लुकाएर ल्याउँदै गरेका दम्पती पक्राउ

1200x150_1200x150-01.jpg (1)

भद्रपुर, साउन ८

आफ्नै दुई महिनाको छोराको डाइपरभित्र लागुऔषध ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउँदै गरेका दम्पतीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले विशेष सूचनाका आधारमा भद्रपुर–५ बसपार्कबाट भारत किसनगञ्ज घर भई बिर्तामोड बस्दै आएका ३० वर्षीय मोहित आलम, उनकी श्रीमती ३२ वर्षीया जेनेतुन खातुन र ३८ वर्षीय मोहम्मद तजरुललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले भारतको गलगलियाबाट खरिद गरेको ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर शिशुले लगाएको डाइपरभित्र लुकाएर ल्याएका थिए। चेकजाँचका क्रममा लागुऔषध बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको छ।

सम्बन्धित पोस्टहरुः