वीरगंज, ८ साउन ।
सशस्त्र प्रहरी बल, पर्साले २१ लाख ३९ हजार ६५५ बराबरको ई–लोडर, मोटरसाइकलसहित औषधी, कपडा, मोटर पार्टस, कस्मेटिक र किराना बरामद गरी भन्सार दाखिला गरेको छ ।
साउन ८ गते वीरगंज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वार्टर अलौबाट खटिएको मोबाइल टोलीले भारतबाट अबैध रूपमा भन्सार छली प्र.२.०३–००१ स ६०९७ नम्बरको ई–लोडरमा ल्याउँदै गरेको रू. १२ लाख ७५ हजार बराबरको ८ काटुन भिटामिन औषधी र ना २६ प २०१८ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको रू. ३१ हजार ९१५।–बराबरको किराना सामान बरामद गरेको जनाएको छ ।
ई–लोडरको मुल्य रू. ४ लाख र मोटरसाइकलको २ लाख गरी १९ लाख ६,९१५।– बराबरको सामान बरामद गरि आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
आजकै मितिमा जिल्ला पर्सा वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेट स्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर वीरगंजबाट खटिएको चेकप्वाईन्ट टोलीले बिभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल ल्याउदै गरेको १,४५,४००।– बराबरको ५ कार्टुन बिल विजक नभएका विभिन्न ब्राण्डका कपडा, स्टेशनरी र हार्माेनियम सामानहरू बरामद गरी आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
पर्साको बिन्दावासिनी गा.पा.–३ झौवागुठी स्थित सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. अमरपट्टीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली चारवटा साईकलमा नेपाल ल्याउदै गरेको ४७,२००।– बरावरको मोटर पाट्र्स, कपडा,किराना सामान र ८,०००।–बराबरको साईकल गरी जम्मा मुल्य रू.५५,२००।– बराबरको साईकल सहित सामानहरू र छिपहरमाई गा.पा–.५ भिष्वा स्थित सशस्त्र प्रहरी बल,नेपाल विओपि भिष्वाबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा भन्सार छली नेपाल ल्याउदै गरेको ३२ हजार १४०।– बराबरको कष्मेटिक र किराना सामान बरामद गरि आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्र.ना.उ.मोहनराज निरौलाले जानकारी गराएका छन् ।






