बारा, ८ साउन – जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा टोलमा नहरको पानीमा डुबेर ६ महिने बालिकाको मृत्यु भएको छ।
मोबारक मियाकी ६ महिनाकी छोरी सनाया खातुन शुक्रबार साँझ आफ्नै घर आँगनमा खेल्ने क्रममा घरसँगै टाँसिएको उत्तरबाट दक्षिणतर्फ गएको नहरको पानीमा खसेर घाइते भएकी थिइन्।
पानीमा डुबेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारामा लगिएको थियो। अस्पताल पुर्याउनासाथ जाँच गर्दा चिकित्सकले साँझ १८:३० बजे मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएसँगै प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक (असई) राकेश साहको कमाण्डमा खटिएको टोलीले अस्पताल पुगी आवश्यक अनुसन्धान तथा मुचुल्काको काम अगाडि बढाएको छ। बालिकाको शव हाल प्रादेशिक अस्पताल कलैयामै राखिएको छ।






