आज हरिशयनी एकादशी, तुलसी रोपणसँगै चतुर्मास व्रत सुरु

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन ९

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी (देवशयनी) एकादशी श्रद्धापूर्वक मनाउँदै छन्। भगवान विष्णुको विशेष पूजा–आराधना, व्रत र तुलसी रोपण गरी यो पर्व मनाउने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार आजकै दिनदेखि भगवान विष्णु चार महिनाका लागि योगनिद्रामा जाने भएकाले यस अवधिलाई चतुर्मास भनिन्छ। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म विवाह, व्रतबन्धलगायत शुभ कार्य नगर्ने परम्परा रहेको छ।

आजको दिन घर–घरमा तुलसी रोपेर पूजा गरिन्छ। तुलसीलाई भगवान विष्णुको प्रतीक तथा पवित्र औषधीय वनस्पतिको रूपमा मानिन्छ। तुलसी रोप्दा घरमा सकारात्मक ऊर्जा, सुख–शान्ति र समृद्धि आउने धार्मिक विश्वास छ।

भविष्योत्तर पुराणमा हरिशयनी एकादशीको महिमा वर्णन गरिएको छ। यस दिन व्रत, पूजा, जप, भजन तथा कथा श्रवण गरे पापबाट मुक्ति र पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

सम्बन्धित पोस्टहरुः