भारत फेरि आईसीसी टी–२० वरीयताको शीर्ष स्थानमा

1200x150_1200x150-01.jpg (1)

पर्सा, साउन १०

भारत फेरि आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा भारतले इङ्ग्ल्यान्डलाई पछि पार्दै नम्बर एक स्थान पुनः कब्जा गरेको हो।

घरेलु टोली जिम्बावेविरुद्धको तीन खेलको टी–२० शृङ्खलामा २–० को अग्रता लिएसँगै भारत शीर्ष स्थानमा फर्किएको हो। शृङ्खलाको अन्तिम खेल हरारेमा जारी छ।

यसअघि इङ्ग्ल्यान्डले घरेलु मैदानमा भएको पाँच खेलको टी–२० शृङ्खलामा भारतलाई ४–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो।

पछिल्लो वरीयतामा अस्ट्रेलिया तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा यथावत् छन्। नेपाल भने १५औँ स्थानमा कायम रहेको आईसीसीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः