ईयूद्वारा गुगललाई ८९ करोड युरो जरिवाना

1200x150_1200x150-01.jpg (1)


डेडलाइन : काठमाडौं, साउन ९

युरोपेली सङ्घ (ईयू) ले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई ८९ करोड युरो (करिब डेढ खर्ब रुपैयाँ) भन्दा बढी जरिवाना गरेको छ।

प्रतिस्पर्धी एप र सेवाभन्दा आफ्नै सेवा तथा एपलाई प्राथमिकता दिएर बजारमा शक्तिको दुरुपयोग गरेको आरोपमा ‘डिजिटल मार्केट्स एक्ट’ (डीएमए) अन्तर्गत गुगलमाथि यो कारबाही गरिएको बीबीसीले जनाएको छ।

ईयूका अनुसार गुगलको अभ्यासले उपभोक्ताको छनोट सीमित गर्नुका साथै आफ्नै सेवालाई अनुचित लाभ पुर्‍याएको छ।

गुगलले भने निर्णयको आलोचना गर्दै नयाँ नियमका कारण युरोपेली प्रयोगकर्ताले प्रयोग गर्दै आएका होटल, उडान र रेस्टुरेन्टसम्बन्धी ‘रियल–टाइम’ खोज सुविधा तथा ‘गुगल प्ले’का केही सुरक्षा व्यवस्था प्रभावित हुने जनाएको छ।

युरोपेली सङ्घले भने प्रभावशाली प्रविधि कम्पनीहरूले प्रतिस्पर्धीलाई अन्यायपूर्ण रूपमा कमजोर बनाउन नपाउने भन्दै यस्तो कदम आवश्यक रहेको स्पष्ट पारेको छ। गुगल यसअघि पनि युरोपेली नियामकबाट प्रतिस्पर्धासम्बन्धी विभिन्न मुद्दामा अर्बौँ युरो जरिवाना तिरिसकेको छ।

सम्बन्धित पोस्टहरुः