सुनसरीमा दुई समुदायबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

पर्सा, साउन ११

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा शुक्रबार मध्यरात दुई समुदायबीच भएको झडप उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको छ। घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ।

स्थानीयका अनुसार बोलबम यात्रामा जाने तयारीमा रहेका युवाहरू डिजेसहित भेला भएका बेला विवाद सुरु भई झडपमा परिणत भएको थियो। झडपका क्रममा दुवै पक्षबीच ढुंगामुढा र कुटाकुट भएपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ। तर स्थानीयवासीले प्रहरीले अत्यधिक बल प्रयोग गरेको तथा गोली एकपक्षीय रूपमा चलेको आरोप लगाएका छन्। घटनामा संलग्न समुदाय, गोली चलाउने परिस्थिति तथा स्थानीयले लगाएका आरोपबारे आधिकारिक पुष्टि भने हुन बाँकी छ।

यस घटनाबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले विस्तृत अनुसन्धान भइरहेको जनाएका छन्। घटनाको वास्तविक कारण, प्रहरीको बल प्रयोगको औचित्य तथा झडपमा संलग्न व्यक्तिको पहिचान अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः