कारबाहीको माग गर्दै वीरगंजमा डाक्टरहरुको प्रदर्शन

1200x150_1200x150-01.jpg (1)

राधेश्याम पटेल,वीरगंज,साउन ११ –

वीरगंजस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले दोस्रो दिन पनि धर्ना जारी राखेका छन्।

नेपाल चिकित्सक संघ, स्वास्थ्यकर्मी तथा विभिन्न स्वास्थ्यकर्मी संगठनको नेतृत्वमा नारायणी अस्पताल परिसरमा धर्ना दिँदै उनीहरूले दोषीमाथि तत्काल कडा कानुनी कारबाही, स्वास्थ्यकर्मीको कार्यस्थल सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा स्वास्थ्य संस्थामा हुने हिंसा अन्त्य गर्न प्रभावकारी कानुनी व्यवस्था लागू गर्नुपर्ने माग गरेका छन्।

प्रदर्शनकारी स्वास्थ्यकर्मीहरूले अस्पतालमा सेवा दिँदा असुरक्षित महसुस भएको बताउँदै दोषीलाई कारबाही नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएका छन्। शनिबार उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले नारायणी अस्पतालमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेका थिए।

गम्भीर घाइते भएका डा. रामलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। यस घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले घटनाको भत्र्सना गर्दै दोषीमाथि कानुनी कारबाही हुने जनाएको छ भने अस्पतालमा शान्तिपूर्ण वातावरण कायम गरी स्वास्थ्य सेवा सुरक्षित बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः