पर्सा, साउन १२ –
पर्साको वीरगञ्ज महानगरपालिका–२६ स्थित निर्माणाधीन पुलभित्र दुई बालिका मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतकहरू तीन वर्षीया र पाँच वर्षीया बालिका हुन्। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाएको छ।
दुवै बालिकाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट मृत बालिकाहरू वीरगञ्ज महानगरपालिका–२६, सुगौली निवासी किशोरी ठाकुरकी नातिनी रहेको खुलेको छ।
घटनाको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।







